मीरा

छोएनौ तिमीले, मात्र यी हात, मन भित्रै छोइदियौ
थालें म बग्न, संग संगै तिम्रो, भावगंगा बनाइदियौ

खोक्रो आकासको, विचरण गर्ने, चरा को के कुरा
हिमाल माथि, प्रेम गगनमा, मलाई उडाइदियौ

बनेर टुक्रा, चोइटिएको, यो मेरो मुटुलाई
गासेर तिम्ले, प्रीत को मलाइ, माला लगाइदियौ

अर्थ नपाइ, भाव नपाइ, बग्ने यी आँसुलाई
छोएर ओठहरुले तिम्रो, मोति नै बनाइदियौ

हुरीमा शितको, निभिसकेको, विश्वासको शिखा मेरो
बालेर फेरी “हाँस है ” भनि आशा पो जगाईदियौ

निरस रुप मा, छाती मा ढुक ढुक, गर्ने यो मुटुलाई
“म छु नि” भन्ने, बाचा का साथ, धड्किन सिकाइदियौ

उद्घोष गर्दै, भन्छु म आज, प्रेम गर्छु तिमीलाई
बनेर मेरो, कृष्ण मलाई, मीरा बनाइदियौ //

Sagun Basnet
February 8 2010

3 thoughts on “मीरा

Add yours

  1. one of the creative and multi talented person untill now i met- Congratulation Sathi for your creativity… keep continous love to read and hear more…
    cheers
    pradip

Leave a reply to pradip Cancel reply

Create a free website or blog at WordPress.com.

Up ↑