आंधी बेरी हुँ म, रोकिन्न तिम्रो चार दिवारीमा, मुटु काँप्ने गरि घड़घडाउनेछु तिम्रो झ्याल ढोका, अनि तोडेर निस्किनेछु मेरो खुला आकाश को बिचरण को लागि | कालि हुँ म, छेकिन्न तिम्रो समय-चक्रले, भक्कानिने गरी टेक्ने छु तिम्रो छातीमाथि, अनि एकोहोरिएर हिड्ने छु मेरो बाटो रोक्ने रक्तबीजहरुको नास को लागि |

Advertisements

Grief

Vanquished by the mediocrity of rituals, suppressed by the trap of ceremonies, abated by the pretense of understanding, and perished by the ephemerality of good times… I am grieving, the loss of love that I was, once. Sagun Basnet 5 December 2016

एक्लो भयो रात सारै, केहि त मिठो बात गर भावनालाई देऊ शब्द आज यो अनुवाद गर अघि बढी  चिसो सारै, पौंठे जोरी खेल्न थाल्यो, अँगालो मा भरि मलाई चिसोपन लाई घात गर भावनालाई देऊ शब्द आज यो अनुवाद गर कथा दुख्ने, तिम्रो, मेरो, तिम्रो मेरो दुख्ख उस्तै, साटी दुख्ख घटाईदेउ, खुसि खुसि खात गर भावनालाई देऊ शब्द आज यो अनुवाद गर रोदीघर... Continue Reading →

जरुरी त छैन

पाउन सधै सबले प्यार, जरुरी त छैन भाग्य माथि होस् अख्तियार, जरुरी त छैन दुख्छ मन लाइ यदि भने, आत्मा भित्री रुँदछ नयन ले झारून आँसु को धार, जरुरी त छैन फूलहरु ले घोचेर 'नी, घाइते हुन्छन यादहरु गर्नै पर्छ काँडाले वार, जरुरी त छैन जसले सधै खाने गर्छन संगै मर्ने कसम हरु संगै बाँच्न... Continue Reading →

केहि प्रश्नहरु !

नजरमा अरुको अझै कति, आफैलाई तौलौं म सोची र सम्झी,अझै कति, रोकी रोकी बोलौं म लत्रिएर, झ्याम्मिएर, निउरिएर्, सधैँ भरी भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ? भन्दछन् कोहि, आफ्ना गुमाइस् , कोहि भन्छन् फेरी, आफ्नैलाई पाइस्, फरक को हूलमा, फरक नै बिचार कोहि भन्छन अनी, भाग्य डुबाइस् ति गर्छन् जब गणित मात्र,... Continue Reading →

“The Outsider”

Tears fill his eyes, and sorrows, her heart. Prays, she For the purging of those tears And Wishes, for a way-out Suddenly, Flood… sweeps her wishes and prayers as unasked for And renders her, the "outsider" ................... Fate!!

मौनता ……….

बोल्न लाइ शब्द पुग्दैन थिए, शब्द सकिन्थ्यो,म बोलिरन्थें बोल्थें म जब,गजब नै बोल्थें, चुप चाप बसी सबैले सुन्थे भेटें जो तिम्लाई, शब्द हराएँ , बोलि मा तिम्रो आफैलाई पाएँ बोल्यौ जो तिमि, म सुन्न थालें हरायौ तिमि , म भुल्न थालें जिस्काउँछौ तिमि, लाग्छ रमाइलो, स्वर्णिम साँझ, हर दिन सुनौलो हाँसेको तिम्ले, मेरो नै हाँसो,... Continue Reading →

पृथक

गरे होलान् माया त सबले एकबार जीवन मा भने होलान् फुल्छ माया यो, मात्र यै आँगनमा जो गरें मैले माया तिमीलाई, भाव अर्कै आइदियो हाम्रो झैं माया,फुलोस हर आँगन, इच्छा यो जागिदियो संसार भन्दा, अलग हौं भन्ने, भाव ले छुट्याउँछ आफ्नो मायालाइ, लुकाई राख्ने,लोभ पो दिलाउँछ न छल छ कहीं, न स्वार्थ कतै,यो मिठो मायालाई,... Continue Reading →

Blog at WordPress.com.

Up ↑