PeRcEpTiOnS

एउटा कथा आयो मलाई हिजो साँझ पख, लेख्छु भनी बसेँ अनि जिन्दगीको क ख
दुइटा पात्र यो कथामा, म अनि तिमी, साथै हिड्छौ एक अर्काका साथी हामी भनी
कहिले मीठो माया प्रिती कहिले तँ तँ म म, बितिरन्छ जिन्दगी यो बाँचुन्जेल सम्म
यही सोची बाँच्ने हामी, परेवा का जोडी, कहिले साट्दै हाँसो, कहिले आफ्नै मन तोडी

बित्दै गयो समय नि धेरै वर्ष भयो, मन तोड्दै हाँस्नलाई अलि गाह्रो भयो
यसै बित्न छाड्यो जीवन डोर्‍याउनु पर्‍यो, धेरै तान्न थाले पछि इन्जिन खिया पर्‍यो
माया प्रिती भन्दा बढी तँ तँ म म भयो, सम्झौताले पासपोर्ट बनाई बिदेशिन गयो
नछुट्टिने कसमहरु हराउन थाले, सम्झाउन खोजे धेरै दाइ आमा बा ले

मलाई बुझ, मैले भनें त्यहि भन्यौ तिम्ले, नबुझेको देख्दाखेरि रिसले आँखा चिम्लेँ
आफ्नो गल्ती यो हो भनी उसले बुझ्नु पर्छ , मूर्ख ऊ हो ठीक म हुँ उसले जान्नु पर्छ
मैले सधैं ठीक गर्छु उसको बुद्धि छैन, धेरै संगत गर्ने खालको मान्छे नै ऊ होइन
यस्ता धेरै कुराहरु मैले उसलाई भनें, मेरो जस्तै सोचोस् उसले धेरै कोसिस गरें

कोशिस काम नलागे‘छि हातै छोडिदिएँ, घमण्डी उ सार्‍है भन्दै बाटै छोडिदिएँ
अचानक भेटें एकदिन उसको प्रिय मित्र, थाहा पाएँ के रहेछ उसको मन भित्र
झगडाको कुरो हाम्रो खुबै मिल्दो रैछ, मलाई गर्ने उसले गालि ठ्याक्कै उस्तै रैछ
म पो रैछु उसको लागि घमण्डी र मूर्ख, उसले पो पाएन ‘ रे अलिकता सुख

छक्क परें कसोगरी म पो गलत भएँ, रिसले आफ्नो दिमागको खराब हालत गरें
मेरो मनले भन्छ मलाई म पो ठीक सोच्छु, छक्क पर्छु उसको लागि जब बेठीक हुन्छु
थाहा पाएँ झगडा यो ठीक बेठीकको हैन, ठीक बेठीक कै हुने भए झगडै कैले हुन्न
द्वन्द हुन्छ जब दुवै ठीक हुन खोज्छौं, आफ्नो सोचाई अरुमाथि लाद्न बल गर्‍छौं

तिमीले नि त्यहि गर्‍यौ मैले गरे त्यहि, अरु सबलाई गलत देख्यौं आफुलाई सही
मेरो सोच नै ठीक हो भन्ने काम पो गलत रैछ, मेरो सोचमा दुनियाँ यो कहाँ चल्दो रैछ
हामी सबै फरक छौं फरक नै सोच्छौं, फरक लाई गलत ठानी उस्तै बनाउन खोज्छौं
फरकले त दुनियाँ यो हाम्लाई राम्रो लाग्छ, नयाँ नयाँ कुरा सधैं सिकौं सिकौं लाग्छ

मानिस पनि फरक हुन्छन् मैले जान्न थालें, फरकलाई इज्जत गरी सिक्न बुझ्न थालें
तिमीले नि यही सोच्दा जीवन मीठो भयो, आफ्नो कुरा अरुलाई लाद्ने बानी हाम्रो गयो
यो कथाका दुई पात्र म अनि तिमी, फेरी हिड्यौं एकअर्काका साथी हामी भनी
आमा बालाई आराम दिने कदम अनि चाल्यौं , बुझाउन भन्दा एक अर्कालाई बुझ्न हामी थाल्यौं

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Create a free website or blog at WordPress.com.

Up ↑

%d bloggers like this: