समय

दिन पाउन्जेल माया देऊ, भर काँ’ छ र समय को
मान्छे संगै बद्लिदिन्छ, थर काँ’ छ र समय को

आज गाजल, भोलि टिका, पर्सि चुरा रोजीदिन्छ
गन्तब्य छन् नयाँ नयाँ , घर काँ’ छ र समय को

ऐले दिन, ऐले साँझ, ऐले रात मा बद्लिदिन्छ
“नबद्लिउ है तिमि” भन्ने, कर काँ’ छ र समय को

छिनमा बज्छ मालश्रीमा, छिनमै शोकमा बजिदिन्छ
एउटै धुनमा, सधैं एउटै, स्वर काँ’ छ र समय को

बद्लावै हो सत्य भन्ने , स्वीकार सधैं गर्दै जाऔं
स्वीकारेमा तिक्तता यो, डर काँ’ छ र समय को

Sagun Basnet
25th March 2010

2 thoughts on “समय

Add yours

  1. “बद्लावै हो सत्य भन्ने , स्वीकार सधैं गर्दै जाऔं
    स्वीकारेमा तिक्तता यो, डर काँ’ छ र समय को”

    Of course, once someone is ready to accept the truth no matter how bitter it is, one should not fear of time. Very nicely formulated poetry.

  2. i tried to learn and decipher the “sagunness” in the very poem created in Nepali language. The aesthetic sensibility in graphical notation reveals the temporal and fragile face battered by time, space and dimensions. Good piece of literature…….

Leave a comment

Blog at WordPress.com.

Up ↑