जीवन यसरी नै चली रहन्छ

सोत्तर भएका लाश माथि पनि, अबोध शिशु मुस्कुराउँदछ
बन्द गरेको अधेंरो कोठामा पनि, सानो निकासबाट प्रकाश च्याउँदछ
अनी जीवन, यसरी नै चली रहन्छ

सकियो, टुट्यो नाता भन्दा पनि, झिनो आश कतै सास फेर्दछ
टुटेको मनले नबोलए’नी, आँखा ले नजानेर त्यतै हेर्दछ
अनी जीवन, यसरी नै चली रहन्छ

माया का रिस माया लाई पोख्दा पनि, मायाको दु:खले दुखाइदिन्छ
गर्दिन उनको पीर भन्दा पनि, भारी स्वर मात्र ले रुवाइदिन्छ
अनी जीवन, यसरी नै चली रहन्छ

पीरले ननिदाएका परेलिमा पनि, सपनाले आफ्नो ठाउँ खोज्दछ
विवशताले घेरिएर बाच्नु परे पनि, मानिस जीवन कै अङालो रोज्दछ
अनी जीवन यसरी नै चली रहन्छ

सानो खुशीमै रमाउँ भन्दा पनि, निराशाले बयली खेलि दिन्छ
निराशा नै साश्वत रैछ भन्दा पनि, मनले खुशीको बाटो हेरि दिन्छ
अनी जीवन, यसरी नै चली रहन्छ

मनिस न हो , आश गर्न त छोड्दैन, हराएका गन्तब्य ले नी, उसको बाटो मोड्दैन
नओइलिने फुल हो आश, फुल्नु अर्कै कुरो ,तृष्णा ले तृप्‍ति प्राप्त नगर्दा, मनिस सधैं अधुरो

michaellouisyoung.com/gallery.php

Sagun Basnet
November 24, 2002

Advertisements

2 thoughts on “जीवन यसरी नै चली रहन्छ

Add yours

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Create a free website or blog at WordPress.com.

Up ↑

%d bloggers like this: