Time

टल्किने सुन्दर शब्द हरु, भारी भारी अर्थ ले लत्रिएका
हामी दुबै त्यसैमा अल्झिएका,
भारी शब्द ले तिमी मलाई चुप गराउछौ
कहिले शब्द को भार ले मैले तिमी लाई थिचिदिन्छु
तिमी र म
माया गर्ने र माया लाई दर्शन बनाउने…
तिमी र म
तिनै भारी शब्द का मध्यम ले हाम्रो माया लाई सबै भन्दा प्रिथक बनाउने…
तिमी र म
तिनै भारी शब्द लाई फेरी पनि माध्यमबनाएर को ठीक को बेठिक
फरक छुट्याउ तिर लागेका छौ
हामी ऐले पनि बलियो छौ आ-आफ्नो तर्क मा..
तिमी र म
हिजो एक पटक स्वर सुन्नु बाच्नु को आधार थियो …
आज एक अर्काको आवाज
मस्त निन्द्रा मा भएको मनिसलाई खलबलाउने
टेलेफोन को तिखो घन्टी भएको छ
हिजो र आज को अन्तर
दिन ले थोरै भए नि मन ले धेरै छ
घाटी मा शब्द आएर अड्किन्छन, तर
म ठीक तिमी बेठिक को पर्खाल ले रोक्छ
अनी आसु बनेर त्यही घाटी सम्म पुग्छन, नबोलिएका शब्दहरु
तर पनि
तिमी र म
तिनै भारी शब्द लाई फेरी पनि माध्यमबनाएर को ठीक को बेठिक
फरक छुट्याउ तिर लागेका छौ
तिमी र
सब्दै शब्द ले भरिएका मनिस
शब्द लाई नै जीवन बनएका
शब्द सँग नै रमfएका
मन के हो र , मन ले त अझै एक अर्कालाई माग्छ
तर तिमी र म
फेरी पनि
तिनै भारी शब्द लाई माध्यमबनाएर को ठीक को बेठिक
फरक छुट्याउ तिर लागेका छौ
Sagun Basnet
September 11 2009
Advertisements

4 thoughts on “Time

Add yours

  1. धेरै राम्रो छ कबिता ‘हुने बिरुवाको चिल्लो पात”

  2. राम्रो लाग्यो हजुरको कृतिहरु । नेपाली साहित्य समर्पण madhuras.com को लागी पनि तपाईका सृजनाहरु उपलब्ध गरी सहयोग गरि दिनु हुन विनम्र अनुरोध गर्दछु । धन्यवाद

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: