दिन पाउन्जेल माया देऊ, भर काँ’ छ र समय को मान्छे संगै बद्लिदिन्छ, थर काँ’ छ र समय को आज गाजल, भोलि टिका, पर्सि चुरा रोजीदिन्छ गन्तब्य छन् नयाँ नयाँ , घर काँ’ छ र समय को ऐले दिन, ऐले साँझ, ऐले रात मा बद्लिदिन्छ “नबद्लिउ है तिमि” भन्ने, कर काँ’ छ र समय को [...]
Posts Tagged ‘nepali literature’
समय
Posted in Nepali, Poetry, tagged change, depth, life, life philosophy, life poem, nepali literature, nepali poem, time on March 27, 2010 | 2 Comments »
*** तिमी ***
Posted in Nepali, Poetry, tagged love poem, nepali literature, nepali poem on March 15, 2010 | 3 Comments »
ब्रह्म तिमी, सृष्टि तिमी हेराइ तिमी, दृष्टि तिमी सिरानी को डिल डिल भिज्ने नयन बृष्टि तिमि सोच तिमी, बिचार तिमी नशा भित्र संचार तिमी प्रीत को क ख बुझाउने मुटु रुपी आकार तिमी फूल तिमी, बासना तिमी प्यास तिमी, तृष्णा तिमी मीरा तुल्याई मोहनी को फेरी लाउने कृष्ण तिमी रहर तिमी, आस तिमी जीवन दिने [...]
जीवन यसरी नै चली रहन्छ
Posted in Nepali, Poetry, tagged life, nepali literature, nepali poem on March 5, 2010 | 2 Comments »
सोत्तर भएका लाश माथि पनि, अबोध शिशु मुस्कुराउँदछ बन्द गरेको अधेंरो कोठामा पनि, सानो निकासबाट प्रकाश च्याउँदछ अनी जीवन, यसरी नै चली रहन्छ सकियो, टुट्यो नाता भन्दा पनि, झिनो आश कतै सास फेर्दछ टुटेको मनले नबोलए’नी, आँखा ले नजानेर त्यतै हेर्दछ अनी जीवन, यसरी नै चली रहन्छ माया का रिस माया लाई पोख्दा पनि, मायाको [...]
मूग्लान
Posted in Nepali, Poetry, tagged diaspora, nepali diaspora, nepali literature, nepali poem on February 18, 2010 | Leave a Comment »
मूग्लान यात्रा कठिन, थ्यो, घाम को पोलाई रुख खोज्न थाले, शितलो लाइ रुख को नि घामले, गरेछ बिनासै नदि सम्म पुगी, रहे म प्यासै घोत्लिए कस्तो भाग्य अनौठो जा’ पुग्छु त्यहिँ हुन्छ किचलो गर्नु कोसंग, गरे गुनासै नदि सम्म पुगी, रहे म प्यासै (http://justcuriouscouk.wordpress.com/) न पिउनु आँसु , लागे तिर्खा पनि न चुस्नु ढुंगा, पानी [...]
इच्छा
Posted in Nepali, Poetry, tagged love poem, nepali literature, nepali poem on February 17, 2010 | 1 Comment »
लामो सास तानेर, तिम्रो सामु, बहहरु बिसाउन मन छ । मलाई छट पटिएको देख्दा, मेरा आसुँ हरु बगेको देख्दा, अनायासै मलाई अङाल्न पुग्ने तिम्रो छाती मा मुख लुकाइ भक्कानो छाडी, मलाई, रुन मन छ । लामो सास तानेर, तिम्रो सामु, बह हरु बिसाउन मन छ । आज को साझ, एकपटक तिमी, मसँग नै बिताउ, भन्न [...]
मीरा
Posted in Nepali, Poetry, tagged devotion, love, love poem, nepali literature, nepali poem on February 15, 2010 | 3 Comments »
छोएनौ तिमीले, मात्र यी हात, मन भित्रै छोइदियौ थालें म बग्न, संग संगै तिम्रो, भावगंगा बनाइदियौ खोक्रो आकासको, विचरण गर्ने, चरा को के कुरा हिमाल माथि, प्रेम गगनमा, मलाई उडाइदियौ बनेर टुक्रा, चोइटिएको, यो मेरो मुटुलाई गासेर तिम्ले, प्रीत को मलाइ, माला लगाइदियौ अर्थ नपाइ, भाव नपाइ, बग्ने यी आँसुलाई छोएर ओठहरुले तिम्रो, मोति नै [...]
AfTeRmAtH
Posted in Nepali, Poetry, tagged devotion, love, love poem, nepali literature, nepali poem on February 5, 2010 | Leave a Comment »
घर को शान्ति साथै लग्यौ घर छोडी जाने ले याद हरु को हल्ला बीच बसी पनि गर्नु के बोलि लग्यौ, हासो लग्यौ, लग्यौ मेरो नजर पनि मात्र तिमि आँखा भरि , हेरे अरु हेर्नु के आफ्नो भन्ने केहि छैन सबै तिम्रै पिडा दुख्छ नाममा तिम्रै भाको मुटुलाई , अरु पिर पर्नु के आफ्नो बिम्ब ऐना [...]
गोली र बोली
Posted in Nepali, Poetry, tagged nepali literature, nepali poem, short poem on February 5, 2010 | Leave a Comment »
एउटा लडाईं को मैदान एउटा को छाती भित्र पस्छ त्यो अनी रहन्छ इतिहास मा गरिमा को बिषय बनेर अर्को लडाईं को मैदान अर्को को छाती भित्र पस्छ त्यो रहिरहन्छ छाती मै पिडा को बिषय बनेर By Sagun Basnet Sunday Jan 24 2010
लाटी म
Posted in Nepali, Poetry, tagged life poem, nepali literature, nepali poem on February 5, 2010 | Leave a Comment »
भन्नु हुन्थ्यो ड्याडी मेरो फरक छ् सोझो र लाटो मा हिड्नु है छोरी बाटो सोझो, नहिड्नु लाटो बाटो मा सोझो भन्ठान्थ्ये आफुलाई म, रहिछु लाटी साह्रै फाईदा उठाये जगत ले अनी, बुद्धी आयो बिस्तारै साथी बनेर आए कोइ जीवन मा कोइ भए परीवार झै ल छार पछार पारे भावना, खेले घिन्लाग्दो साह्रै सुधारु कसोरी आफुलाई [...]





