एक्लो भयो रात सारै,
केहि त मिठो बात गर
भावनालाई देऊ शब्द
आज यो अनुवाद गर
अघि बढी चिसो सारै,
पौंठे जोरी खेल्न थाल्यो,
अँगालो मा भरि मलाई
चिसोपन लाई घात गर
भावनालाई देऊ शब्द
आज यो अनुवाद गर
कथा दुख्ने, तिम्रो, मेरो,
तिम्रो मेरो दुख्ख उस्तै,
साटी दुख्ख घटाईदेउ,
खुसि खुसि खात गर
भावनालाई देऊ शब्द
आज यो अनुवाद गर
रोदीघर हो मेरो यो मन,
मादल, तिम्रा भाका हरु
हाँसे तिम्ले बिहान आउँछ
रोई, बिन्ति, न रात गर
भावनालाई देऊ शब्द
आज यो अनुवाद गर
चुलो भित्र दाउरा बल्दा
कैले बाल्छ घरै सारा
झिल्को पर्यो, आगो हैन,
मनले साधुबाद गर
भावनालाई देऊ शब्द
आज यो अनुवाद गर
Advertisement





