केहि प्रश्नहरु !

नजरमा अरुको अझै कति, आफैलाई तौलौं म

सोची र सम्झी,अझै कति, रोकी रोकी बोलौं म

लत्रिएर, झ्याम्मिएर, निउरिएर्, सधैँ भरी

भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ?

भन्दछन् कोहि, आफ्ना गुमाइस् ,

कोहि भन्छन् फेरी, आफ्नैलाई पाइस्,

फरक को हूलमा, फरक नै बिचार

कोहि भन्छन अनी, भाग्य डुबाइस्

ति गर्छन् जब गणित मात्र, म काब्य गाउँछु,

गणितकै वर्णन गर्न म खोज्छु, सुद्धि रित्याउँछु

काव्यमा गणित, कसरि बन्धु, भन न जोडौं म?

भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ?

व्याकुलता मेरो कसले पो सुन्यो,

कसले पो बुझ्यो, मनमा गुन्यो

सुन्न छाडेका कानहरु माझ,

सुन्यो आफै कथा, आफै नै बुन्यो

ति गर्छन् कुरा राम – आयणका, म सीता सोच्दछु,

पुज्नलाई सीता, चाहिने अग्नि, परिक्षा देख्दछु

मान्दैन मनले यी सब भनि, कसोरी बोलौं म?

भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ?

Sagun

10th May 2011.

2 thoughts on “केहि प्रश्नहरु !

Add yours

  1. नजरमा अरुको अझै कति, आफैलाई तौलौं म 🙂 RAMRO. Reminds Devkota’s Pagal.

Leave a reply to Alaka Atreya Cancel reply

Create a free website or blog at WordPress.com.

Up ↑