ब्रह्म तिमी, सृष्टि तिमी
हेराइ तिमी, दृष्टि तिमी
सिरानी को डिल डिल
भिज्ने नयन बृष्टि तिमि
सोच तिमी, बिचार तिमी
नशा भित्र संचार तिमी
प्रीत को क ख बुझाउने
मुटु रुपी आकार तिमी

फूल तिमी, बासना तिमी
प्यास तिमी, तृष्णा तिमी
मीरा तुल्याई मोहनी को
फेरी लाउने कृष्ण तिमी
रहर तिमी, आस तिमी
जीवन दिने सास तिमी
यौवन रूपी स्वप्निल चंगा
उडाइदिने बतास तिमी
आदि तिमी, अन्त्य तिमी
अझ मृत्यु पर्यन्त तिमी
उदाहरण लाई मायाको
तस्बीर जीवन्त तिमी //
Sagun Basnet
March 12, 2010
Wow… Fantastic…… What the TIMI is for you… I appreciate the way you see TIMI… I wish your TIMI remain as in the poetry… Great and Congrats for the innovative way of presenting TIMI…
mam,
its really great to see this,
really impressed.
Thanks Frens.