Feeds:
Posts
Comments

एक्लो भयो रात सारै,

केहि त मिठो बात गर

भावनालाई देऊ शब्द

आज यो अनुवाद गर

अघि बढी  चिसो सारै,

पौंठे जोरी खेल्न थाल्यो,

अँगालो मा भरि मलाई

चिसोपन लाई घात गर

भावनालाई देऊ शब्द

आज यो अनुवाद गर

कथा दुख्ने, तिम्रो, मेरो,

तिम्रो मेरो दुख्ख उस्तै,

साटी दुख्ख घटाईदेउ,

खुसि खुसि खात गर

भावनालाई देऊ शब्द

आज यो अनुवाद गर

रोदीघर हो मेरो यो मन,

मादल, तिम्रा भाका हरु

हाँसे तिम्ले बिहान आउँछ

रोई, बिन्ति, न रात गर

भावनालाई देऊ शब्द

आज यो अनुवाद गर

चुलो भित्र दाउरा बल्दा

कैले बाल्छ घरै सारा

झिल्को पर्यो, आगो हैन,

मनले साधुबाद गर

भावनालाई देऊ शब्द

आज यो अनुवाद गर

पाउन सधै सबले प्यार, जरुरी त छैन
भाग्य माथि होस् अख्तियार, जरुरी त छैन

दुख्छ मन लाइ यदि भने, आत्मा भित्री रुँदछ
नयन ले झारून आँसु को धार, जरुरी त छैन

फूलहरु ले घोचेर ‘नी, घाइते हुन्छन यादहरु
गर्नै पर्छ काँडाले वार, जरुरी त छैन

जसले सधै खाने गर्छन संगै मर्ने कसम हरु
संगै बाँच्न हुन् तयार, जरुरी त छैन

एकै दृष्टि काफी हुन्छ, कुनै कुनै घाउको लागि
र पनि पाइयोस उपचार, जरुरी त छैन

September 10, 2010
SaGuN

नजरमा अरुको अझै कति, आफैलाई तौलौं म

सोची र सम्झी,अझै कति, रोकी रोकी बोलौं म

लत्रिएर, झ्याम्मिएर, निउरिएर्, सधैँ भरी

भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ?

भन्दछन् कोहि, आफ्ना गुमाइस् ,

कोहि भन्छन् फेरी, आफ्नैलाई पाइस्,

फरक को हूलमा, फरक नै बिचार

कोहि भन्छन अनी, भाग्य डुबाइस्

ति गर्छन् जब गणित मात्र, म काब्य गाउँछु,

गणितकै वर्णन गर्न म खोज्छु, सुद्धि रित्याउँछु

काव्यमा गणित, कसरि बन्धु, भन न जोडौं म?

भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ?

व्याकुलता मेरो कसले पो सुन्यो,

कसले पो बुझ्यो, मनमा गुन्यो

सुन्न छाडेका कानहरु माझ,

सुन्यो आफै कथा, आफै नै बुन्यो

ति गर्छन् कुरा राम – आयणका, म सीता सोच्दछु,

पुज्नलाई सीता, चाहिने अग्नि, परिक्षा देख्दछु

मान्दैन मनले यी सब भनि, कसोरी बोलौं म?

भित्रै थुनी कथा, कति, दन्त लहर खोलौं म ?

Sagun

10th May 2011.

Tears fill his eyes, and

sorrows, her heart.

Prays, she

For the purging of those tears

And

Wishes,

for a way-out

Suddenly,

Flood…

sweeps her wishes and prayers

as unasked for

And

renders her,

the “outsider”

………………. Fate!!

बोल्न लाइ शब्द पुग्दैन थिए,

शब्द सकिन्थ्यो,म बोलिरन्थें

बोल्थें म जब,गजब नै बोल्थें,

चुप चाप बसी सबैले सुन्थे

भेटें जो तिम्लाई, शब्द हराएँ ,

बोलि मा तिम्रो आफैलाई पाएँ

बोल्यौ जो तिमि, म सुन्न थालें

हरायौ तिमि , म भुल्न थालें

जिस्काउँछौ तिमि, लाग्छ रमाइलो,

स्वर्णिम साँझ, हर दिन सुनौलो

हाँसेको तिम्ले, मेरो नै हाँसो,

शब्द छन् झुठा, भावना साँचो

भावमा तिम्रो संगसंगै बग्छु,

कल्पी तिमीलाई डुबी रहन्छु

आँखामा तिम्रो लाग्छ हेरिरहुँ

सब कुरा बोलि, कसोरी कहुँ ?

17 September 2010

पृथक

गरे होलान् माया त सबले एकबार जीवन मा

भने होलान् फुल्छ माया यो, मात्र यै आँगनमा

जो गरें मैले माया तिमीलाई, भाव अर्कै आइदियो

हाम्रो झैं माया,फुलोस हर आँगन, इच्छा यो जागिदियो

संसार भन्दा, अलग हौं भन्ने, भाव ले छुट्याउँछ

आफ्नो मायालाइ, लुकाई राख्ने,लोभ पो दिलाउँछ

न छल छ कहीं, न स्वार्थ कतै,यो मिठो मायालाई,

बाँडेर सबमा घटाउन्न मैले, दिन्छु पो झन् बढाई

पाउनु/नपाउनु जस्ता अनेकौं प्रश्नमा न अड्की

आउँछ/आउँदैन फिर्ता माया,यो उल्झन मा न अल्झी

नदि झैँ बगी, बादल झैँ उडी, रहन्छ हाम्रो मन

फेरी उई राधा,फेरी तेइ कृष्ण,फेरी त्यो बृन्दाबन

माया त दिनु, फिर्ता नखोज्नु,
सपना देख्नु, देखोस् ! नसोच्नु,
सार नै यै हो, माया को भन्थे
सजिलै भए, किन आँखा रुन्थे ?

अलमल मा पर्छन्, भावना सधैँ
मायाको जीत हो, इच्छा को वधै
इच्छा र माया, बाटै अलग्गै
जे इच्छा गर्र्यो का हुनु सधैँ ?

मायामा मेरो , पो मेरो वश छ
अरुको मनलाई का’ हाँक्न मिल्छ
उस्तै माया पाउने, भर पर्नु हुन्न
गरी कर्म फलको, आश गर्नु हुन्न

लेखीए यहि , प्रेमग्रंथ माझ
देऊ माया तर, आशा नबाँध
सार नै यै हो, माया को भन्थे
सजिलै भए, किन आँखा रुन्थे ?

Sagun Basnet
12 August 2010

उष्णता ले राप्पिदा
कुनै दिन…
अत्तालिएर …
निद्रा कि देवी को अँगालोमै
झसंग भै ….बिउझिएर…

मलाई खोज्न थाल्छौ होला …
मेरो शितलो
याद आउँछ होला
म नहुँला ….

पिपल को छहारी….
मेरो छाती…
नहोला …….

सुन्यता मै
मेरा गीत हरु…
कान मा गुन्जिनछन् होला

“माया”…. भनि
बोलाउछौ होला..

नेपथ्य को आवाज,
अगाडी बाट नै पो आएको हो कि भन्ने …
…भ्रम मा
खोज्छौ होला
मेरो आवाज लाइ

तिम्रो कान मा गुन्जेर
तिम्रो ओठ हरु हसाउने …मेरो आवाज …
नहोला …….

तर पनि …

म हुनेछु..
गन्तब्य मा नभए नि..
संग संगै हिड्दै….
बाटो मा….

पूर्णता मा नभए नि..
आस लाग्दा …
अपूर्णता हरु मा
सपना बटुल्दै…

अनि…
अगाडी नभए नि ….
तिमीले लिने प्रत्येक सास मा….
बग्दै
जीवन बनि…
नसा नसा मा …………

म नहुँदामा …..

Sagun Basnet
20 March 2010

बिरह ?

फूल कै जोडी देख्दा पनि, मात्र तिम्रो याद आयो,
आयो जब याद तिम्रो, साथी ! बेहिसाब आयो !!

धेरै भयो नदेखेको, नसुनेको त कुरै छाडौ,
तर किन झझल्को नै, झझल्को को जमात आयो ??

भोक, तिर्खा, बिर्सिएको धेरै भयो भन्छन सबले
एक अर्काको हातले खाने, याद प्रेमालाप आयो

शीत लहर भावनाका, सम्झना को हुरी ल्याउछन,
दिन कैले बित्यो कुन्नि, कुन्नि कैले रात आयो !!

Sagun Basnet
April 20, 2010

I WiSh…

After ,
all the tears you gave me,
all the nights I cursed myself,
for loving you so much…

After,
all the hurt my heart endured,
all my search for happiness ,
in other things as well…

After ,
all the benevolence I casted,
upon the rest of the world,
only to feel fake…….

After,
all the knowledge deep inside,
that you will fool me again,
if I pass by……….

I wish…I could tell you…
That I want you to come back…
even if…
to ruin me…once again
I wish………………………………………..

April 19 2010
sagun basnet

pic from :http://www.melissacwalker.com/blog/Leigh%20Brescia%20One%20Wish.jpg

Older Posts »

Follow

Get every new post delivered to your Inbox.